सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोहली भए आईसीसी 'प्लेअर अफ द मन्थ'

तस्बिर : आईसीसी
तस्बिर : आईसीसी
२०७९ कार्तिक २१, ०७:४८ खबर संवाददाता

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई 'प्लेयर अफ द मन्थ' घोषित गरेको छ। आईसीसीले उनलाई अक्टोबर महिनाका लागि 'प्लेयर अफ द मन्थ' घोषित गरेको हो। 

यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई 'प्लेअर अफ द मन्थ' को अवार्ड दिइएको छ। मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी र icc-cricket.com मा प्रशंसकहरूले गर्ने भोटका आधारमा कोहली र डार दुवै विजेता घोषित भएका हुन्। 

कोहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन्। निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा रोड्रिगेजलाई पछि पारेकी हुन्। कोहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घोषित भएका हुन् भने निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन्। 

कमेन्ट लोड गर्नुस