सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चुनाव विथोल्न खोज्ने विप्लवका तीन कार्यकर्ता पक्राउ 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक २१, ०२:५५ खबर संवाददाता

 
धनगढीः बझाङमा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरु समातिएका हुन्। 

विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं। एमसिसिका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए। यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो।

पटक पटक जनतालाई झुक्याउँदै सत्तामा गएका सबैले संसद विघटनदेखि भूमि बेचिखाने गरेको र एमसीसी जस्तो राष्ट्रघाती सन्धि पास गरेर नेपाललाई युद्धको रण मैदान बनाउन खोजेको भन्दै फेरि पनि देशमा यस्तै हर्कत दोहोरिने भएकाले निर्वाचन खारेजीको माग गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनाएको छ। देशमा राष्ट्रघाती सम्झौता गर्ने दलहरुलाई मतदान गर्न नहुने विप्लव नेतृत्वको नेकपाको भनाइ छ।

कमेन्ट लोड गर्नुस