थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ कार्तिक २०, ०९:४१
काठमाडौँ: पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार ८७९ जनाको नमुना परीक्षण गर्दा २८ जनामा सङ्क्रमण देखिएको हो।
त्यस्तै १८ जना कोरोना सङ्क्रमित निको भएका छन्। देशभर ५७० जना कोरोनाका सक्रिय सङ्क्रमित छन्।
कमेन्ट लोड गर्नुस