सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मदिरा विक्री वितरण र सेवनमा रोक

२०७९ कार्तिक २०, ०५:४५ खबर संवाददाता

धनगढी:डडेल्धुरामा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएको हो।

आजदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, विक्री वितरण र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको सूचनामा उल्लेख छ। कोही कसैले मदिरा ओसारपसार, विक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस