पाकिस्तानका टीभीमा इमरान खानका भाषण प्रसारण गर्न रोक
काठमाडौँ: पेमराले धेरै स्याटेलाइट टिभी च्यानलहरूले प्रभावकारी सम्पादकीय नियन्त्रण र कानूनी तथा न्यायिक आदेशहरूको पालना सुनिश्चित गर्न असफल भएको भन्दै सबै टिभि च्यानलहरूमा इमरान खानका भाषणमा प्रतिबन्ध लगाइएको जनाएको छ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी पेमराले इमरान पाकिस्तानका कुनै पनि टिभी च्यानलहरूमा खानको भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएको छ। इमरान खानका भाषण उत्तेजित, देश र समाजमा विभाजन ल्याउने र हिंसा फैलाउने खालका भएका सरकारको दाबी छ।
पेमराले टिभी च्यानलहरूले पूर्व प्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण नगर्न चेतानवनीसहितको पत्र पठाएको छ।
पेमराले धेरै स्याटेलाइट टिभी च्यानलहरूले प्रभावकारी सम्पादकीय नियन्त्रण र कानूनी तथा न्यायिक आदेशहरूको पालना सुनिश्चित गर्न असफल भएको भन्दै सबै टिभि च्यानलहरूमा इमरान खानका भाषणमा प्रतिबन्ध लगाइएको जनाएको छ।