सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

२०७९ कार्तिक २०, ०६:०१ खबर संवाददाता

पाकिस्तानः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन्। बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए। साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए।

तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ। उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ। 

कमेन्ट लोड गर्नुस