स्वतन्त्र भारतका पहिलो मतदाता नेगीको निधन
काठमाडौंः स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन भएको छ। हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो।
हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गरेका छन्। उनलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो।
पेशाले शिक्षक रहेका उनले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गरेका थिए। त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उनले बीबीसीसँगको एक कुराकानीमा बताएका थिए।
पछिल्लो पटक उनले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेको हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले उल्लेख गरेका छन्।