सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक : प्रधानमन्त्री देउवा 

। फोटो स्रोत ।
२०७९ कार्तिक १८, ०९:१७ खबर संवाददाता

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन मात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताएका छन्। संविधानको रक्षाका लागि उनले गठबन्धनलाई भोट दिन आग्रह समेत गरेका छन्। 

शुक्रबार आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई सम्बोधन गर्दै उनले संविधान च्यात्ने र जोगाउनेहरुबीचको प्रतिस्पर्धा भएकाले संविधानको रक्षाका लागि गठबन्धनलाई भोट दिनुपर्ने बताए। 
विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले बताए। 

कमेन्ट लोड गर्नुस