सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

२०७९ कार्तिक १७, ०६:११

एजेन्सी: पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ। पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।   

पीटीआईका नेता ड यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन्। अधिकारीहरूका अनुसार तीनदेखि चार जना घाइते भएका छन्। प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ। गोली उनले नै चलाएको हो या कसले भन्नेबारे पुष्टि नभएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस