डडेल्धुरामा कांग्रेसका दुई पूर्वसभापतिले मल्ल र जोशीलाई समर्थन गर्ने
धनगढी: डडेल्धुरामा कांग्रेसका दुई पूर्वसभापतिले नेपाली कांग्रेस बिपीका प्रतिनिधि सभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई समर्थन गर्ने भएका छन्। पूर्व जिल्ला पार्टी सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आसन्न निर्वाचनमा मल्ल र जोशीलाई समर्थन गर्ने बताएका हुन्।
मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरेको पूर्व सभापति चटौतले बताए।