डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु
२०७५ चैत्र १, ०५:०६
डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका १ को छपाली स्थित कालीबामनी भीरबाट लडेर सोही स्थानकी २० वर्षीया रमा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रोकायाको गत महिना मात्र छपालीकै डिलबहादुर रोकाया सँग विवाह भएको थियो। यो वर्ष उक्त वडाका ३ जना महिलाहरुले घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाईसकेको स्थानीयले बताएका छन्।
कमेन्ट लोड गर्नुस