सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु‚ ३ सय घाइते

२०७९ कार्तिक १४, ०६:०० खबर संवाददाता

काठमाडौँः सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा १ सय जनाको मृत्यु भएको र ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस