सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमण बढेपछि चीनका धेरै शहरमा लकडाउन

२०७९ कार्तिक ११, ०४:४४ खबर संवाददाता

काठमाडौंः लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ।

कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ। त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ।

त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ।

चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भनेका थिए ।

कमेन्ट लोड गर्नुस