सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कञ्चनपुरका नेता शर्माको निधन

२०७९ कार्तिक ११, १०:३९ खबर संवाददाता

महेन्द्रनगरः नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शालिग्राम शर्माको निधन भएको छ। २०५४ सालमा कञ्चनपुरको तत्कालिन परासन गाउँविकास समितिका अध्यक्ष समेत रहेका शर्मा केही वर्षदेखि विभिन्न रोगले थलिएका थिए। 

एमाले जिल्ला सचिव पल्लवराज भट्टका अनुसार शिक्षण पेशामा संलग्न शर्मा राजीनामा दिएर तत्कालिन परासन गाबिसको अध्यक्षमा चुनाव लडेका थिए। एमाले कञ्चनपुरका संस्थापक सदस्यसमेत रहेका शर्माको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको सचिव भट्टले बताए। उनको ७५ वर्षको उमेरमा निधन भएको हो। 

कमेन्ट लोड गर्नुस