सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जिप दुर्घटना, तीन जना घाइते

२०७९ कार्तिक ११, ०८:१८ खबर संवाददाता

धनगढीः डडेल्धुरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बिहीवार राति जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ५ को दाडिममा जिप दुर्घटना भउको थियो। 

से १ ज २३४ नम्बरको जिप दुर्घटना भएपछि चालकसहित तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। प्रहरीका अनुसार घाईते हुनेमा चालक चक्र बिष्ट, किशोर बिष्ट र दिपक बिष्ट रहेका छन।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस