२४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ कार्तिक १०, ०९:१३
काठमाडौँ: पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन गरी ३५४ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै थप २२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६२२ जनामा झरेको छ।
कमेन्ट लोड गर्नुस