सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा आचारसंहिताविपरीत गठबन्धनको प्रचारमा जनप्रतिनिधि

२०७९ कार्तिक ९, १२:०४ खबर संवाददाता

धनगढीः डडेल्धुरामा आचारसंहिताविपरीत खुलेआम जनप्रतिनिधिहरु चुनावी प्रचारप्रसारमा गइरहेको भेटिएको छ। निर्वाचन आयोगले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर आचारसंहिता जारी गरेके छ।

तर, अमरगढी नगरपालिकाका जनप्रतिनिधिहरू खुलेआम गठबन्धनको प्रचारमा गइरहेका हुन्। नेपाली काँग्रेसबाट अमरगढी नगरपालिकामा निर्वाचित मेयर डिल्लीराज जोशी, उपमेयर पार्वतीदेवी झुकाल र अमरगढी–५ का वडाअध्यक्ष टंक क्षेत्री दलीय उम्मेदवारका प्रचारप्रसारमा गइरहेका हुन्। सोमबार उनीहरू डडेल्धुरा प्रदेश ‘२’ गठबन्धनका उम्मेदवार गोविन्दराज बोहरासँगै अमरगढी–५ झुरकालीमा मतदातासँग मत माग्न पुगेको एक स्थानीयले बताए। 

नेपाली काँग्रेस अजयमेरु गाउँपालिकाका सभापति टेकराज पाण्डेयले पनि सामाजिक सञ्चालमा मतदातासँग भेटघाट भन्दै मेयर जोशीलगायतका जनप्रतिनिधिको तस्बिर राखेका छन्। तर, यता अमरगढी नगरपालिकाका नगरप्रमुख जोशीले आफूले आमसभामा गरेर मत नमागेको बताएका छन्। यस्तै मुख्य निर्वाचन अधिकृतो कार्यालय डडेल्धुराले भने आचारसंहिता मिचिए कारबाही हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस