डेंगु संक्रमणबाट पत्रकार टेक मास्कीको मृत्यु
बुटवलः बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ। दुई सातघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो।
स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो।
बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए।