डडेल्धुरामा असई चन्द सम्मानित
धनगढी: डडेल्धुराको प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी सहायक निरीक्षक असई दीपेन्द्रबहादुर चन्द सम्मानित भएका छन्। मंगलबार उनलाई असोज महिनाको 'बेस्ट पुलिस अफ द मन्थ' घोषणा गर्दै सम्मानित गरिएको हो।
असई चन्दलाई समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपराध रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनमानसमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न, समाजमा शान्ति–सुरक्षा, अमनचयन कायम राख्न तथा सामाजिक अपराध नियन्त्रणमा इमान्दारीपूर्वक खटिएको भन्दै सम्मानित गरिएको बताइएको छ।
उनले आफूलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट एवं व्यवसायिक तवरले सम्पादन गरेकोले सो कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालयबाट २०७९ साल असोज महिनाको उत्कृष्ट प्रहरी 'बेस्ट पुलिस अफ द मन्थ' घोषणा गरिएको जनाइएको छ।