डडेल्धुरामा जिप दुर्घटना, सात जना घाइते
धनगढी: डडेल्धुरामा जिप दुर्घटना भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-५ मेल भन्ने ठाउँमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले बताएको हो।
दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ। जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ।