सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कृषकलाई आलुको बीउ वितरण

२०७९ कार्तिक ७, ०१:०४ खबर संवाददाता

बाजुराः बाजुरामा कृषि ज्ञान केन्द्रको अनुदान र त्रिवेणी नगरपालिकाको समन्वयमा आलु खेती गर्ने कृषकका लागि आलुको बीउ वितरण गरिएको छ। 

त्रिवेणी नगरपालिकाका कृषकलाई पचास प्रतिशत छुटमा सो आलुको बीउ वितरण गरिएको हो। त्रिवेणी नगरपालिका कृषि विकास शाखाका प्रमुख मानबहादुर रावलले, यतिबेला हिउँदे आलु लगाउने समय भएकाले आलु खेती गर्ने चाहना भएका कृषकलाई सहज हुनेगरी पचास प्रतिशतमा नयाँ आलुको बीउ वितरण गरेको बताए। 

कात्तिक ६ गतेदेखि त्रिवेणी नगरपालिका विभिन्न स्थानहरुबाट आलुको बीउ वितरण भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाजुराको अनुदान र पालिकाको समन्वयमा ५० प्रतिशत मूल्य अनुदानमा बीउ आलु वितरण हुनेभएकोले निवेदनमार्फत माग गरेका र माग गर्न छुटेका अर्थात् माग नगरेका कृषकलाई समेत आलुको बीउ दिन सकिने जनाइएको छ। 

कमेन्ट लोड गर्नुस