कैलालीमा उद्धव श्रीमाल स्मृति कप : कर्ण जिमी र रिभर साइट युवा क्लब फाइनल प्रवेश
धनगढी: कर्ण जिमी युवा क्लब र रिभर साइट युवा क्लब कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा जारी उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन्।
आइतबार सैपाल युवा क्लबको खेल मैदान स्याउलेमा भएको सेमिफाइनल खेलमा जोनापुर युनाइटेड रातोलाई ३–० ले पराजित गर्दै कर्ण जिमी युवा क्लब फाइनल प्रवेश गरेको हो भने रिभर साईट युवा क्लबले महालक्ष्मी रिकन्डिसन हाउस धनगढीसँग वाक ओभर पाएर फाइनल प्रवेश गरेको हो।
फाइनल खेल भोली दिउँसो २ बजेदेखी सैपाल युवा क्लबकै मैदानमा हुने आयोजक सैपाल युवा क्लबले जनाएको छ। प्रतियोगिताको प्रथम पुरुस्कार ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि रहेको छ। त्यसैगरी द्धितिय पुरुस्कार २५ हजार ५२५ रुपैँया र मेडल तथा ट्रफि राखिएको छ। म्यान अफ द म्याचलाई गिफ्ट ह्याम्परसहित गरी २० हजार बराबरको पुरस्कार प्रदान गरिनेछ।
खेल अवधिभर चुनिएका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडीलाई एकएक हजार रुपैँया प्रदान गरिनेछ। कात्तिक १ गतेदेखी सुरु भएको उद्धव श्रीमाल स्मृति कपमा १८ ओटा टिमले सहभागिता जनाएका छन्।