सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली व्यवसायीलाई नहटाएमा आन्दोलनमा जाने वास्तविक व्यवसायीहरुको चेतावनी

२०७५ वैशाख १२, ०५:०३

झण्डै ९ हजार संघका सदस्यमध्ये चार हजारभन्दा वढी नक्कली सदस्यहरु रहेको र यसपाली पनि थप भएकोले उनीहरुलाई खारेज नगरेमा वैशाख २२ गते हुने साधारण सभामा मनोनय दर्ताकै दिन तालावन्दी गर्दै आन्दोलनका कार्यक्रम गर्ने वास्तविक व्यवसायीहरुले वताएका छन्। 

वास्तविक व्यवसायीहरुले नयाँ सदस्यहरुलाई प्यान र भ्याटमा दर्ता गराएर मात्रै मतदाधिकारको प्रयोग गर्न दिन भन्दै वास्तविक व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए । तर स्वयम संस्था र वास्तविक व्यवसायीको हित विपरित संघले घोषणा गरेको निर्वाचन मिति खारेज गर्न पनि वास्तविक व्यवसायीहरुले माग गरेका छन । व्यवसायिक हक हितका साथै प्रदेशका विभिन्न सामाजिक अभियान सञ्चालन गराउनका लागि नक्कली सदस्यहरुलाई हटाएर वास्तविक व्यवसायीको संघ वनाउन माग गरेको संघका वर्तमान सदस्य डिल्लीराज अवस्थीले वताए। वडा कार्यालयको सिफारिसमा संघको सदस्य वनाईएकोले उनीहरु वाणिज्य आन्तरिक राजश्व घरेलु तथा साना उद्योगमा पठाएर मात्रै सदस्य वनाउन पाईने प्रावधान छ । तर नक्कली व्यवसायीलाई व्यवसायी मानेमा उनीहरुले राजश्व छलेको, एकै व्यक्तीले एकै दिन ९ लाख र ६ लाख गरी संघको खातामा रकम जम्मा गरेको र वास्तविक व्यवसायीले नवीकरण गर्न दिएका सदस्यता कार्ड पनि पाउन नसकेको आरोप लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस