सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा साँझ ७ बजेसम्म मात्रै देउसी खेल्न पाइने 

२०७९ कार्तिक ६, ०५:३० खबर संवाददाता

धनगढी: डडेल्धुरामा साँझ ७ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आइतबार सूचना जारी गर्दै साँझ ७ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो।

त्यस्तै तिहारको समयमा पटाका, अतिशवाजी लगायतका विस्फोटक पदार्थको विक्री वितरण तथा प्रयोग नगर्न सूचनामा भनिएको छ। चाडपर्वको समयमा अवाञ्छित गतिविधि गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही हुने पनि सूचनामा उल्लेख छ।

कमेन्ट लोड गर्नुस