सुदूर नेपाललाई विश्वसँग जोड्दै

इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

२०७९ कार्तिक ५, ०९:२५ खबर संवाददाता

काठमाडौंः पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ। सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो।

प्रधानमन्त्री शहबाज शरीफको दल  मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ ९२० को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै  संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए।

इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए। त्यही मुद्दामा सुनुवाइ गर्दै प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजा नेतृत्वको बेञ्चले इमरानले ५ वर्ष चुनाव लड्न नपाउने फैसला गरेको हो।

आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ।

कमेन्ट लोड गर्नुस