डडेल्धुरामा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ
डडेल्धुराः डडेल्धुरामा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दीपक जोशी, मदनराज पन्त, गंगादत्त भट्ट, रुद्र पाल, खगराज पनेरु र नवराज पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको हो।
अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित दोस्ती होटेलमा शुक्रबार बेलुकी ५ बजेतिर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।
उनीहरूको साथबाट ८७ हजार ९७० रूपैयाँ पनि बरामद गरिएको जोशीले बताए।