सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बदेलको मासुसहित सरकारी कर्मचारी पक्राउ

२०७९ कार्तिक ४, ०४:१४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बदेलको मासुसहित सरकारी कर्मचारी र थप एक जना पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गको अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा चेकजाँचका क्रममा जंगली बदेलको मासुसहित २ जना पक्राउ परेका हुन्। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरचना अधिकृत तथा सुचना अधिकारी मनोज ऐरका अनुसार कृष्णपुर नगरपालिका ४ बस्ने प्रकाशबहादुर देउवा र सोही नगरपालिका ५ बस्ने दलबहादुर देउवालाई पक्राउ गरिएको छ।

उनले भने, पक्राउ पर्नेमध्ये प्रकाश सरकारी कर्मचारी रहेको सुनिनमा आएको छ तर पुष्टि भने भइसकेको छैन।’ प्रकाशलाई अर्जुनीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा सरकारी नम्बर प्लेटको म१ब४९४ नम्बरको मोटरसाइकलमा बदेलको मासुसहित पक्राउ गरिएको थियो। अनुसन्धान प्रभावित हुने भन्दै निकुञ्जले कर्मचारीको अन्य विवरण तथा बयान गोप्य राखेको छ। 

कमेन्ट लोड गर्नुस