सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ दुर्घटनाः पीडितलाई छविसपाथिभेराले १ लाख ७५ हजार दिने

२०७९ कार्तिक ३, १०:५८ खबर संवाददाता

धनगढी: बझाङको मष्टा गाउँपलिकामा भएको जिप दुर्घटना पीडितलाई छविसपाथिभेरा गाउँपालिकाले १ लाख ७५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

शुक्रबार गाउँ कार्यपालिकाको बैठकबाट राहत तथा उपचार खर्च स्वरुप १ लाख ७५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताइएको छ। यस्तै, जिप दुर्घटना पीडितलाई जयपृथ्वी नगरपालिकाले ३ लाख, तल्कोट गाउँपालिकाले २ लाख र साइपाल गाउँपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गरेका छन्।

गत बुधबार मस्टा–१ डुंग्रीबाट भातेखोला जाने क्रममा तुफानडाँडा नजिकै सु.प.प्र. ०१ ००१ च ११७ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस