सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जिप दुर्घटनाः १३ जना घाइते अस्पताल भर्ना

२०७९ कार्तिक २, ०६:३३ खबर संवाददाता

धनगढीः बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। 

मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको थियो।

दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्। 

कमेन्ट लोड गर्नुस