सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिप दुर्घटनाः मृतक ४ जनाको पहिचान खुल्यो (नामसहित)

२०७९ कार्तिक २, ०५:४८ खबर संवाददाता

धनगढीः बझाङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १२/१३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्। बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सदरमुकाम चैनपुरबाट मष्टा जाँदै गरेको सु.प.प्र ००१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो। 

यस्तै दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको थियो।

कमेन्ट लोड गर्नुस