कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
२०७९ कार्तिक १, १०:५४
धनगढी: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। मंगलबार साँझ जिल्लाको बेलौरी नगरपालिका-५ स्थित मैनाह चोकमा सुपप्र ०१ ००१ प २४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको हो।
दुर्घनामा लालझाडी गाउँपालिका-३ बलमीका ३० वर्षीय रमेश रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। दुर्घटनामा लालझाडीकै १७ वर्षीय रोशन राना घाइते भएका र उनलाई उपचारका लागि धनगढी ल्याइएको कार्यलयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
कमेन्ट लोड गर्नुस