सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा असिना पानी 

२०७९ कार्तिक १, ०५:०८ खबर संवाददाता

धनगढी: डोटीमा असिना पानी परिरहेको छ। मंगलबार जिल्लामा भारी वर्षा र असिना परिरहेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परिरहेको छ।

आज अपरान्ह ४ बजेबाट असिना पानी परिरहेको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशकी पूर्व कानुनमन्त्री पूर्णा जोशीले पनि आफू डोटीमै रहेको र ठुलो असिना पानी परिरहेको बताइन्। उनले असिना पानीले धानबालीमा क्षति पुगेको बताइन्।


 

कमेन्ट लोड गर्नुस