सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करीब १ लाखको अवैध समान बरामद

२०७९ असोज ३१, ०६:१८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा करीव १ लाखको अवैध समान बरामद गरिएको छ। सोमबार प्रहरीको विशेष टोलीले भिमदत्त नगरपालिका वडा नम्बर ४ चम्मनचोक नजिकबाट अवैध सामान बरामद गरेको हो। 

भारतबाट भन्सार छली गरेर  ल्याई बेवारिसे अवस्थामा लुकाईछिपाई गरी राखेका सामानहरु बरामद गरिएका हुन्। अवैध गाडी, भलिबल, बच्चाको प्याड लगायतका ९६,४३० मूल्य बराबरका सामान बरामद गरिएको बताइएको छ। 

उक्त सामानहरु आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाईएको छ। 

कमेन्ट लोड गर्नुस