सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आदर्श क्रिकेट कपः आयोजक टिम सेमिफाइनलमा

२०७९ असोज ३०, १०:२३ खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिकामा जारी क्रिकेट प्रतियोगिताको आज (आइतबार) को पहिलो र दोस्रो खेल सकिएको छ। नगरपालिकाको वडा नम्बर १ हात्तीथलामा पाँचौं आदर्श क्रिकेट कप २०७९ जारी छ। 

सो प्रतियोगितामा आज वडा नम्बर १० र आदर्श युवा समाजबीच प्रतिस्पर्धा भएको थियो। जसमा आयोजक आदर्श युवा समाज विजेता बनेको छ।। यस्तै दोस्रो खेलमा शुक्लाफाँटा क्लब र वडा नम्बर ८ बीच प्रतिस्पर्धा भएको थियो। जसमा शुक्लाफाँटा क्लब विजेता बनेको छ। 

योसँगै आयोजक टिम सेमिफाइनलमा पुगेको छ। 

कमेन्ट लोड गर्नुस