रमेश लेखकविरुद्ध बागी बनेका उम्मेदवारलाई कारबाही
कञ्चनपुर: नेपाली काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा बागी उम्मेदवारी दिएकालाई कारबाही गरेको छ। क्षेत्रीय कार्यसमितिले आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि दिपकबहादुर सिंह, क्षेत्रीय प्रतिनिधि शारदा चन्द र पिताम्बर जोशी, गोपाल बुढापाल र दुर्गादत्त पाण्डेयलाई कारवाही गरेको हो। स्वतन्त्रबाट उम्मेदवारी दिएकी चन्दले यसअघि नै कांग्रेस परित्याग गरेको घोषणा गरेकी थिइन्।
क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका रमेश लेखक चुनावी मैदानमा छन्। उनको विरुद्धमा बागी उम्मेदवारी दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिज निर्देशन दिइएको थियो। तर, उनीहरूले उम्मेदवारी फिर्ता नलिएपछि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको क्षेत्रीय सभापति केशवबहादुर चन्दले बताए।