बाजुरामा पहिरोका कारण विस्तापित भएका परिवारलाई राहत वितरण
२०७९ असोज २८, ०७:२६
बाजुराः बाजुरामा पहिरोका कारण विस्तापित भएका परिवारलाई राहत वितरण गरिएको छ। जिल्लाको हिमाली गाउँपालिका वडा नम्मर ६ बोर्ताका १ सय १३ परिवारलाई हिमाली गाउँपालिकाले राहत वितरण गरेको हो।
गाउँपालिकाले त्रिपाल, चामल, दाल लगायत कपडाहरु र भाडाकुडाहरु वितरण गरेको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताए।
कमेन्ट लोड गर्नुस