सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका युवक भारतबाट बेपत्ता 

२०७९ असोज २७, ०२:५० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरका एक युवक भारतबाट बेपत्ता भएका छन्। जिल्लाको बेदकोट नगरपालिका–१ चम्फापुरका ४३ वर्षीय नरेन्द्रराज पनेरु यही असोज ९ गतेबाट बेपत्ता भएका हुन्। 

रोजगोरीको शिलशिलामा भारतको सिम्ला गएका उनको अवस्थाबारे १६ दिनसम्म पनि जानकारी नभएको भतिजा विरेन्द्र बडूले बताए। उनका अनुसार नरेन्द्र काम गर्ने ठाउँबाटै बेपत्ता भएका थिए। ‘केही दिनपछि नेपाल फर्कने कुरा थियो। तर उहाँ(नरेन्द्रराज) एकाउक बेपत्ता भए’ भतिजा बडूले भने। 

बेपत्ता भएका नरेन्द्रराजको खोजीका लागि स्थानीय प्रहरीमा निवेदन दिएको उनले बताए।


 

कमेन्ट लोड गर्नुस