सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अञ्चल अस्पतालको सेवा प्रभावकारी हुन सकेन्

२०७५ फाल्गुन २९, ११:०६ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशकै एक मात्र रेफरल अस्पतालको रुपमा चिनिएको सेती अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन । प्रदेशका ९ ओटै जिल्लाका विरामीहरु स्वास्थ्य सेवा लिनका लागि धनगढीमा रहेको सेती अस्पतालमा आउने गर्दछन । तर अस्पतालको सेवा प्रभावकारी हुन नसकेको गुनासो सेवाग्राहीले गरेका छन । दैनिक जसो अस्पतालको एउटा वार्डमा मात्र सयौँ भन्दा बढी विरामी आउने गरेका छन । सुदूरपश्चिमका विकट पहाडी जिल्ला लगायत कैलाली, कञ्चनपुरका अधिकांश न्युन आयस्तर भएका विरामीहरु गुणस्तरीय सेवाको आपेक्षा गरि सेती अस्पताल पुग्ने गरेका छन ।

सहुलियतमा विरामीलाई औषधी उपलव्ध गराउने भन्दै अस्पताल भित्रै फार्मेसीको स्थापना गरिएको छ । तर सेवाग्राहीले भने फार्मेसीबाट चाहेको औषधी पाउने गरेका छैनन । स्वस्थ्य जाँचमा संग्लन चिकित्सकहरु भनेको भने बमोजिमको औषधी फार्मेसीमा नपाउने गरेको सेवाग्राहीको गुनासो रहेको छ । अस्पताल परिसरभित्र प्रयाप्त पिउने पानीको व्यवस्था समेत रहेको छैन भने सामान्य स्वास्थ्य परिक्षण गरेको रिर्पोटको लागि पनि पुरै दिन कुर्नुपर्ने वाध्यता रहेको छ । तर अस्पताल प्रशासनले भने जनशक्तीको अभावले गर्दा सेवा चुस्तदुरुस्त हुन नसकेको जनाएको छ । 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस