सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात जनाले लिए कञ्चनपुरमा उम्मेदवारी फिर्ता

२०७९ असोज २६, ०७:४० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका सात जनाले फिर्ता लिएका छन्। 

बुधबार प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लाको क्षेत्र नम्बर १ को प्रदेशसभातर्फ (१)मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन्। उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८/८ जनाले उम्मेदवारी दिएका छन्।

यसैगरी क्षेत्र नम्बर २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२)बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर २ मा अब प्रतिनिधिसभामा १० र प्रदेशसभातर्फ दुवै क्षेत्रमा ९÷९ गरि १८ जनाको उम्मेदवारी रहेको छ।

यता जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभामा सुनिलकुमार साउँदले उम्मेदवारी फिर्ता लिएका छन्।े प्रदेशसभामा ३ (१)बाट कर्णबहादुर चन्द, पदमबहादुर लुहार र रामबहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। 

क्षेत्र नम्बर ३ मा अब प्रतिनिधिसभातर्फ १२ र प्रदेशसभातर्फ ३ (१) मा ११ तथा ३ (२ ) मा ५ जनाको उम्मेदवारी छ। बुधबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस