सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एमालेका स्नेही 'ब्याक', उम्मेदवारी फिर्ता लिने अन्य ४ जना को–को हुन् ?

२०७९ असोज २६, ०२:२० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए। 
यस्तै प्रदेशसभा १ मा काँग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्। 
 

कमेन्ट लोड गर्नुस