डोटीस्थित सेती नदीमा अड्किएको रुख सेनाले हटायो
२०७९ असोज २६, ०७:५३
डोटीः डोटी दिपायलस्थित सेती नदीमाथिको मोटरेवल पुलमा अड्किएको रुख नेपाली सेनाले हटाएको छ। २० गतेदेखि लगातार भइरहेको बर्षासंग सेती नदीमा आएको बाढीले किनारको ठूलो पीपलको रुख बगाएर पुलमा अड्किएको थियो।
रुखका दुई हाँगा पुलको पिलरमा फसेपछि अड्किएको थियो। लमंगलबार सेनाको भैरव प्रसाद गणको टोलीले रुख हटाएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए। रुखले नदी थुनिने जोखिम बढेका खवर आएपछि अड्किएको रुख निकालिएको गणपति कार्कीले बताए।
कमेन्ट लोड गर्नुस