सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर कांग्रेसले भन्यो - गठबन्धनबाहिरका उम्मेदवारको पोस्टमा लाइक-कमेन्ट नगर्नू 

२०७९ असोज २५, ०९:३१ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनका लागि गठबन्धनका पक्षमा जनमत सृजना गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

मंगलबार जिल्ला कार्यसमिति सचिव भीमराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत वामलोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अन्यको पक्षपोषण नगर्न निर्देशन दिइएको हो। विज्ञप्तिमा आधिकारिक उम्मेदवारबाहेकलाई पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक नगर्न भनिएको छ।

'आधिकारिक उम्मेदवारहरु बाहेकको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार प्रसार जस्ता कार्यहरु नगर्न र लोकतान्त्रिक वामगठबन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।

 

 


 

कमेन्ट लोड गर्नुस