कञ्चनपुरमा कैलालीका एक युवक लागूऔषधसहित समातिए
धनगढी: कञ्चनपुरमा कैलालीका एकजना लागूऔषधसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटबाट एक जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाँउपालिका वडा नम्बर ११ धम्लानटोल बस्ने ३० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको साथबाट ७.६३ ग्राम खैरो हेरोईन फेला परेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।