सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित कैलालीका एक जना पक्राउ

२०७९ असोज २४, ०९:३५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित कैलालीका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट सोमबार राति ८ बजेतिर कैलालीको कैलारी गाउँपालिका-११ घोरसुवा बस्ने राजु चौधरी पक्राउ परेका हुन्।

उनलाई ७.६३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।                              


 

कमेन्ट लोड गर्नुस