सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको साहुखर्क र रडुवाको पहिरो हटाइयो, यातायात सञ्चालन

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २३, १०:१५ खबर संवाददाता

धनगढीः डडेल्धुराको साहुखर्क र रडुवाको पहिरो हटाइएको छ। पहिरोले अवरुद्ध भएका सुदूरपश्चिमका मुख्य दुई राजमार्ग सञ्चालनमा आएका हुन्।

अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने डा.केआईसिंह राजमार्ग सञ्चालनमा आएका हुन्। 

डडेल्धुरा–बैतडी जोड्ने दशरथ चन्द राजमार्गको अनारखोली क्षेत्रमा खसेको पहिरो पनि हटाईको छ। लगातारको वर्षाका कारण सुदूरपहाडका ग्रामिण सडकहरु अवरुद्ध छन्। 

कमेन्ट लोड गर्नुस