सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री त्रिलोचन भट्ट पुनः प्रदेश सभाकै चुनाव लड्ने

२०७९ असोज १८, ०७:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट फेरि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्। यसअघि डोटी जिल्ला पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको भएपनि गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेको थियो। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुनः प्रदेशमा दोहरीन भनेकाले भट्ट प्रदेशसभा सदस्यमा फेरि दाहरिन लागेको बताइएको छ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका एक नेताका अनुसार उम्मेदवारी सिफारिसताका मुख्यमन्त्री भट्टले प्रतिनिधिसभाको प्रत्यक्षमा लड्ने तर पार्टीको भागमा प्रतिनिधिसभा सदस्य नपरे समानुपातिकमा नबस्ने बताएका थिए। तर, अहिले गठबन्धन गर्दा प्रतिनिधिसभाको प्रत्यक्ष समाजवादीका भागमा परेपछि पार्टी नेतृत्वले फेरि प्रदेश सभाका लागि तयारी गर्न भनेको ति नेताले बताए। 

२०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा (ख) बाट विजयी भएका थिए। 
 

कमेन्ट लोड गर्नुस