सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ असोज १७, ०९:३९ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार आइतबार साँझ जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागुऔषधसहित पुनर्वासकै १३ वर्षीय किशोर पक्राउ परेका हुन्।

उनको साथबाट खैरो हेराइन जस्तो देखिने पदार्थ ४ ग्राम १४ मिलिग्राम फेला परेको प्रहरीले बताएको छ। उनी भारतबाट नेपाल आउँदै गर्दा प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको बताइएको छ। उनी नाबालक भएका कारण प्रहरीले उनको नाम गोप्य राखेको छ।  

कमेन्ट लोड गर्नुस