डडेल्धुरामा भित्र्याइयो फूलपाती
धनगढीः डडेल्धुरामा विभिन्न सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन्। आइतबार जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका हुन्।
सुरक्षा निकायहरुले विधिपूर्वक फूलपाती भित्र्याइएको जनाएका छन्। फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा थियो। आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन छ। देशभरी घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ।