२६ वर्ष कान्छी प्रेमीकाबाट अविवाहित राजेशपायललाई पुत्रलाभ
काठमाडौँ : आफूलाई अहिलेसम्म अविवाहित व्यक्तिकै रुपमा पेश गरिरहेका गायक राजेशपायल राईलाई पुत्रलाभ भएको खबर बाहिरिएको छ। काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ।
राजेशपायल केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा रहेका र करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको बताइएको छ। तर राजेशपायलले यो खबरलाई अहिलेसम्म गोप्य नै राखेका छन्। साङबुङ उमेरले राजेशपायलभन्दा २६ वर्ष कान्छी छिन्। राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन्।
साङबुङसँगको प्रेम सम्वन्धलाई राजेशपायलले कहिल्यै सार्वजनिक गरेनन्। साङबुङले भने बेलाबखत राजेशपायलसँग टिकटक भिडियोहरु बनाएर हाल्ने गर्थिन्। दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन्। लभ इमोजी सहित पोष्ट गरेको उक्त तस्वीर उनले केहीबेरमै हटाइन्। यतिबेला भने राजेशपायल कार्यक्रमका लागि अमेरिकामा छन्।