सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुई जना घाइते 

२०७९ असोज १५, ०८:०६ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा मोटरसाइकलले गाईलाई ठक्कर दिएको हो।

अत्तरियाबाट धनगढी तर्फ आइरहेको सुपप्र ०१ ००८ प ६७९३ नम्बरको मोटरसाइकलले छाडा गाईलाइ ठक्कर दिँदा चालक धनगढी १२ बस्ने घनस्याम उपाध्याय गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

पछाडि सवार बझाङको बुङ्गल नगरपालिका ८ बस्ने ३३ वर्षीय कृष्ण जाग्री घाइते भएका छन्। दुबैको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।  

कमेन्ट लोड गर्नुस